नवलपुर । कावासोतीको फलफुल चोकदेखि केही पुर्वपट्टि ढल निकास निर्माणका लागि नगरपालिकाले खाल्डो खन्दा पुरिएर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ भने अर्को एक जना बेपत्ता छन् ।
जिल्ला अस्पतालका अनुसार गम्भीर घाइते भएर उपचारका लागि जिल्ला अस्पताल डण्डा पुर्याइएका मजदुरहरु तानमाया गाहा मगर र सोती रानाको मृत्यु भएको हो । उनीहरुलाई अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन् । खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको भने खोजी कार्य भइरहेको छ ।
उनीहरु तीनै जना कावासोतीकै हुन् । घटना अहिले सांझ साढे ६ बजे भएको हो । नगरपालिकाले महेन्द्रराजमार्ग देखि उत्तरतर्फ पानीको निकासकालागि ८, ९ फिट गहिरो खाल्डो (नाला) खन्ने ३ जना महिला मजदुरहरु पुरिएका थिए । राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले पर्याप्त सावधानी नअपनाएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१