कावासोती । कावासोती बैंकर्स क्लबद्धारा सोमबार बृद्धाश्रममा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । कावासोती १२ मा रहेको लक्ष्मी नारायण बृद्धाश्रममा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको कावासोती बैंकर्स क्लबका सचिव बुद्धि लाल श्रेष्ठले जानकारी दिए । खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष सुरज शर्मा, बरिष्ठ उपाध्यक्ष सुबास सुबेदी, उपाध्यक्ष नारायण तिवारी, सचिब बुद्धि लाल श्रेष्ठ, सह- सचिब दिर्घ नारायण न्यौपाने, कोषाध्यक्ष कबिता डंगोल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बृद्धाश्रम ब्यवस्थापन समीतिका अध्यक्ष श्री तारा बहादुर भण्डारी र संरक्षक एवम् कावासोती १२ का वडा अध्यक्ष ध्रुब खनालको पनि उपस्थिति रहेको थियो । क्लबको समाजसेवाको विभिन्न कार्यक्रम मध्ये यस बृद्धाश्रममा सहयोग सामग्रि उपलब्ध गराउनु पहिलो कार्यक्रम रहेको र यस्तो कार्यले भबिष्यमा पनि निरन्तरता पाउने सचिव बुद्धि लाल श्रेष्ठले बताए ।
श्रेष्ठले बृद्धाश्रममा आश्रित बृृद्धबृद्धाको सहयोग गर्न पाउनु र उहाँहरुबाट आशिर्बाद लिन पाउनु क्लबमा आबद्ध सम्पूर्ण सदस्यहरुको लागि खुसिको कुरा भएको बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१