चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा आफै चढेर ओर्लिएको बसले ठक्कर दिँदा एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीय निमा कुमारी रिजाल रहेकी छन् ।
आज बिहान ७ बजेको समयमा राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधाम तीर्थ गएर आएको बागमती प्रदेश-०३–००१ ख २७५३ नम्बरको बसमा सवार रिजाललाई ओर्लिने क्रममा सोहि बसले ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भिर घाइते भएकी रिजालको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
ठक्कर दिने बस र बस चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१८ बस्ने बर्ष ४१ को कृष्ण सापकोटालाई प्रहरील नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१