तिम्रो जन्म तिमीले चाहेर भएको पनि होइन र तिमी कसैको आवश्यकता पुरा गर्न कसैले चाहेर पनि जन्मेका होइनौ । अब तिम्रो मृत्यु पनि तिमीले चाहेर हुदैन र कसैको इच्छाले पनि हुदैन । यो बिचको जीवन संचालनको लागि संर्घष, प्रतिस्पर्धा, मात्र होइन सम्झौता पनि जीवन हो भन्ने कुराको हेक्का हुनु पर्दछ । तिमीलाई दौडेर प्रथम हुनु पर्दछ, अनि ठुलो मान्छे हुनु पर्दछ, धेरै सम्पत्ति कमाउनु पर्दछ धनि भएपछि सुख हुन्छ, ठुलो नेता हुनु पर्दछ सम्मान धेरै पाइन्छ भनेर बाल्यकाल देखी तिमीलाई पढाइएको छ । घोकाइएको छ तिमीलाई ठुलो मान्छे बनाउन जबरजस्ती बल गरिएको छ । तुलना गरिएको छ । फलानाको छोरा जस्तो हुनु फलानाको प्रतिभाशाली लक्षिन की छोरी हुनु भनेर तिमी भित्रको प्रतिभा, सृजना, क्षमताको पहिचान नगरी प्रतिस्पर्धा र तुलनाको औषधी जबरजस्ती खुवाइएको छ । संसारमा सामान्य मानिस पनि सामान्य रुपले सुखीसँग खुसी भएर जीवन विताएका छन भन्ने कुराको हेक्का राख्न जरुरी छ । जति बेला सम्म तुलना र प्रतिस्पर्धा गर्न र अर्काबाट आशा गर्ने, गरिन्छ त्यो दिन सम्म तिमी सुखी र खुसी कदापी हुन सक्दैनौ पहाडको फेदीको ढुङ्गो पहिल्यै दर्शन ढुङ्गा हुदैन उसले कैयौ बाढीबाट हुत्तिदै ढुङ्गा र चट्टानमा ठोक्कीदै खिइदै घट्दै, निखारीदै धेरै पछि तल आएपछि मात्र दर्शन ढुङ्गामा परिणत हुन्छ । त्यसपछि उ कति कडा भइसकेको हुन्छ । तसर्थ परिस्थिजन्य संकट, अवस्था अनुसारको व्यवस्थामा चल्न सक्नु नै आफुमा निर्भरको जिन्दगी हो । पहिले पनि तिमी यहा थिएनौ र अहिले कसको लागि आएका हौ ? तिम्रो जन्म स्वयम तिम्रो लागि हो भन्ने कुरा कहिलेबाट जानकारी पायौ ? तिम्रो जन्मले स्वयम तिम्रो लागि के भयो ? अब तिम्रो अभावमा कसका लागि के समस्या हुन्छ ? तिमी नभएर कसलाई के फरक पर्दछ ?
पचास वर्ष पहिले तिम्रो घरमा आउँदा मेरो घर हो भनेर अर्कै मान्छे बस्ने गरेको थियो । अहिले तिमीले मेरो घर भनेका छौ अब फेरी ५० वर्ष पछि आउँदा अर्को मान्छेले मेरो घर हो भन्छ । होला तिमीलाई यहाँ बसुन्जेल अस्थाई सम्वन्ध हजुर बा, छोरा र नातीको सम्वन्धबाट पहिचान गर्छौ । तर तिमी बस्ने घर फगत आश्रम मात्र हो । अस्थायी रुपमा बस्ने साझा घर हो आश्रम हो ।
आज संसारमा सबै प्राणी मध्येमा मानिस नै सवैभन्दा चेतनशिल, विवेकशिल र सृजनशिल हो भनेर प्रणी मध्येमा सर्वश्रेष्ठ मानिस हो भनिन्छ तर आज कुनै जङ्गली जनावर बाच्न नसकेर विवेक गुमाएर आत्महत्या गरेको छ ? डिप्रेशनको औषधी खान्छ ? राती सुत्नको लागि निन्द्रा पर्ने (स्लीपिङ्ग ट्याबलेट) खान्छ ?, पारिवारिक कलह छ ? छ त केवल मानिसमा छ, उत्कृष्ट प्राणी भनेर स्वघोषितसँग मात्र छ । त्यो पनि प्राकृतिक विपत्तिको कारण भन्दा मानव जन्य व्यवहार क्रियाकलाप सोच, दृष्टीकोण जिम्मेवार छ । आवश्यकता भन्दा इच्छालाई प्रधान मान्दा पनि हो आवश्यकता एउटा भिखारीको पनि पुरा हुन सक्छ तर इच्छा राजा महाराजाको पनि नहुन सक्छ । आवश्यकता आधारभुत समस्या हो भने इच्छा, कल्पना र देखेका विषय कुरा र तुलना हुन । विलाशिताका बस्तु र सेवा पनि हुन सक्छन । मानिस ढुङ्गेयुग र आदीम साम्यवादी युगमा जति सुखी खुसी थियो । अभाव रहित थियो जब मानिस विकाशिल युगमा आयो अनि अभाव, तनाव ग्रस्त भएको छ । आफ्नै चिन्तन, सोच, दृष्टीकोण, प्रतिस्पर्धा, इच्छा लगायतका विषयलाई जीवन उपयोगी बनाउन नसक्नु नै हो ।
एउटा चोकको चौतारीमा सधैझै आज बिहान पनि पुष महिनाको कठ्याङ्ग्रीने जाडोमा एक जना सडक यात्री निकै जाडो सहदै सहदै कुकरुक्क बसेको थियो । सम्पन्न र धनि मानिसहरु आफ्नो आयु लम्बाउन मर्निङ्गवाक (विहानको हिडाई) गर्दै थिए । यस्तैमा एक जना ठुलो उद्योगी व्यापारी लामो भुवादार जकेट लगाएर त्यहि चौतारीको आश्रयमा बस्ने सँग आयो र सोध्यो के तपाईलाई जाडो भएको छैन ? भनेर उसले जवाफ दियो मलाई जाडो हुदैन मालिक मेरो शरिरको हरेक इन्द्रियले यो जाडोको प्रतिरक्षा गर्ने शक्ति पैदा गरेको छ । किन कि मेरो इन्द्रियलाई थाहा छ प्रतिरक्षा गर्नको विकल्प छैन भनेर । तसर्थ मलाई बानी परेको छ यसरी नै आज सम्म ८१ वटा यस्तो जाडो पुष महिना पार गरि सकेको छु । व्यापारी पनि दङ्ग पर्यो उसको कुरा सुनेर । तर पनि व्यापारीले भने बेलुका म तपाईलाई भुवादार कोट ल्याइदिन्छु हुन्छ ? भनेर सोध्यो उसले पनि हुन्छ हजुर तपाई महान हुनुहुन्छ । मलाई जाडोबाट बचाउन सहयोग पुर्याउनु भएकोमा धन्यवाद भन्यो र व्यापारी अगाडी बढ्यो । बेलुकाबाट न्यानो कोट लगाएर सुत्दा त कति धेरै आनन्दसँग निदाउछु होला भनेर कल्पना गर्दै खुसी हुदै आशामा डुब्दै घाम अस्ताउने दिशा तिर हेर्दै बस्यो । घाम डुब्यो, साझ पर्यो, राती भयो जाडो बढ्दै आयो तर कोट ल्याउने व्यापारी आएन । उता व्यापारी पनि दिनभरी उद्योगको उत्पादन, छलफल, भेटघाटमा व्यस्त भयो । राती १० बजे घर आयो दिनभरीको कामले थकित भयो सुतेको भुसुक्कै निदाएछ । विहान पख सधैझै ५ बजे व्युझियो र सम्झियो हिजो दिन्छु भनेको भुवादार कोट । ओहो हिजो बजारमा राम्रो कोट किन्न पनि फुर्सद नै भएन विचरा कोटको आशामा बसेको होला यो मैलै लगाएको कोट भए पनि दिन्छु भनेर हिडेर जादा ढिलो हुन्छ गाडी नै लिएर जान्छु भनेर गाडीमा गयो । चौतारीको नजिकै पुगेर गाडी झ्याप ब्रेक लगाएर रोक्यो, घट्याक्क गरेर ढोका खोल्यो त्यत्रो आवाज आउँदा पनि डल्लो परेर सुतेको मानिस व्युझिएन । छेउमै गएर नारी समातेको हातमा एउटा सेतो कागमा लेखेको रहेछ । मालिक आज ८१ वटा जाडो सम्म म कसैको आशा र भरोसा नगरेकोले मेरो शरिर शक्ति सम्पन्न थियो । तर जब मलाई भुवादार कोटको आशा देखाउनु भयो तबबाट मेरो इन्द्रिय खुसीले प्रतिक्षा गर्दा कमजोर हुदै गयो । जति राती हुदै गयो त्यति मलाई स्वास फेर्न कठिन हुदै गएको छ । तसर्थ आशा गर्नु भनेको यस्तो कुरा रहेछ आफ्नो शरिर नै कमजोर भएर तड्पिएर विस्तारै शिथिल हुदै जानु रहेछ । सायद तपाई आउने बेला सम्म म मरिसकेको हुनेछु होला यहि पत्रबाट नै म तपाईसँग बिदा हुन सक्छु तसर्थ अब कसैलाई पनि आशामा नराख्नु तपाईको …….. भनेर लेखेको पत्र पढदै खोलेको कोट त्यहि लासमा ओढाएर व्यापारी घर फर्कियो ।
कसै प्रति भरोसा नगर्नु, कसैबाट केहि पाउने आशा नगर्नु कुनै वस्तु सेवा प्रति इच्छा नराख्नु भनेको स्वयमको आत्मबल मजबुद बनाउने हो । यो तिम्रो सन्तानसँग, धनिसँग, साथीसँग, छिमेकीसँग आफन्तजनसँग कसैसँगबाट पनि केही पाउने तृष्णामा बस्नु भनेको तिमी आफु निकम्बा हुनु आश्रित हुनु, आफ्नो स्वाभिमान गुमाउनु हो । तिमी शारिरीक रुपमा सक्षम भए पनि तिम्रो सोच, दृष्टीकोणबाट अपाङ्ग जस्तै हो ।
कुनै एक ठाउमा मन्दिर बनाउने योजनामा छलफल भयो । कसैले त्यो मन्दिरमा रामको मुर्ति राख्ने भने, कसैले कृष्णको, कसैले दुर्गाको व्यापक मतान्तर भयो । ठुलो बहस भयो गाउँ टोल, घरघरमा विवाद सुरु भयो । कोही रामको पक्षमा, कोहि कृष्णको पक्षमा अन्तमा रामको मुर्ति राखेर प्राणप्रतिष्ठा गर्न लागियो रामको मुर्ति राख्ने भन्नेहरु मात्र मन्दिर आउन थाले कृष्णको राख्नु पर्दछ भन्नेहरु आएनन्, दुर्गाको भन्नेहरु त बोल्नै छोडे । रामको पुजन गर्ने मात्र मन्दिर आउने पुजा गर्ने, भजन गर्न थाले । गाउँनै विभाजित भयो । रामको पुजा गर्ने भक्तजन थोरै भए अब रामको हटाएर कृष्णको राख्नु पर्दछ भनेर फेरी कृष्णको मुर्ति स्थापना गर्न लागे । कृष्णका भक्तालुहरुको घुइचो भयो । तर रामका भक्तहरुले बाटो नै फेरे । यस्तो विवादको समाधान नभएपछि मुस्लिम समुदायले हामीले मस्जिद बनाउछौ हाम्रो मस्जिदमा सबै आउछन भनेर फेरी मन्दिर हटाएर मस्जिद बनाउने भए । मस्जिदमा मुसलमान त सबै आए फेरी हिन्छु आएनन् । यसरी व्यक्ति, घर समाज र गाउँ नै विभाजनको रेखा कोर्ने हाम्रै महान धर्म गुरुहरु नै हुन तसर्थ यिनै धर्म गुरुहरु कति विवेकशिल छन त ? अव तिनै धर्मगुरुहरुको शिष्य हामी पनि मानव उत्पत्तिको सिद्धान्त र हामी माथी कोरीएका विभाजनका रेखालाई नचिनेर सयपत्री जस्तो फुलरुपी समाजलाई केश्रामा परिणत गराउनेको भजन गाउदै आफ्नो गन्तव्य बिर्सने हामी पनि विवेक सुन्य नै हुदैछौ । मानव सभ्यताको लगभग हजार वर्ष देखि मानवले धर्मको नाममा पुजापाठ, भजन, संगति, प्रार्थना, प्रवचन, ब्रत आदीका माध्यमबाट हामी र हाम्रा पुस्ता अनुसाशित बनुन, ज्ञानी बनुन, कर्मशिल बनुन भनेर, दिव्य उपदेश दिने गरिन्छ । हाम्रा महान धर्मगुरुहरुको माध्यमबाट आज सम्म पनि यो प्रथा जीवित नै छ । तर यिनै शिष्यहरुले हिन्दुको र्यालीमा मुस्लिमले ढुङ्गा हान्ने र मुस्लिमको सभामा हिन्दुले ढुङ्गा हान्ने, दोहोरो भिडन्तको अवस्था सृजना गर्ने निषेधआज्ञा समेत जारी गर्नुपर्ने कारण पनि अरु केही होइन फगत हाम्रा महान धर्मगुरुहरु हुन जसले एउटा धर्मालम्बीले अर्को धर्मालम्बी माथि आक्रमण गरी विजय प्राप्त गर्छ र इश्वरसँग बाँस हुन्छ भनेर आक्रोश पूर्णभावबाट आक्रमणको निर्देशन दिनुनै मानव सभ्यताका लागि कलंक हो । संसारमा प्राकृतिक विपत्तिबाट भन्दा धार्मिक युद्धका कारण धेरै मान्छे मर्ने र मार्नु कति निर्भय र निर्दयीपूर्ण हुन्छ भनेर सहजै अनुमान गर्न सकिन्छ । यसको स्पष्ट उदाहरणका लागि मुस्लिम समुदायमा सिया र सुन्नि अर्थात कट्टरपंन्थी र नरमपन्थी, मुस्लिमको कुरानमा समेत मानव कल्याणकारीको मुल अर्थ हो भनिन्छ । यस्तै ऋश्चियनका पनि फरक–फरक समुह छन जुन एक आपसमा नै मेरो मार्ग सत्य हो भनेर घमण्ड गर्ने गरेको पाइन्छ । हिन्छु धर्म भित्रको सयौ शाखा, उपशाखा पाइन्छ । यि सबैले मानिस–मानिस बिच विवाद गराउने, व्यक्ति विशेषबाट झुण्ड तयार गर्ने र झुण्ड–झुण्डहरुको धर्मगुरु बन्ने प्रतिस्पर्धाले सिङ्गो मानव समुदाय विभाजित बनाउन पुगेको छ ।
यहाँ आफ्नो गल्ती, कमजोरी, स्विकार गर्नु भन्दा अर्कालाई दोष थोपरेर आफु पवित्र बन्ने अस्वस्थ प्रतिस्पर्धाबाट समाज गम्भिर रोगबाट ग्रशित हुदैछ र बढदै पनि छ । सेनापतिले सैन्य कार्यक्रममा सबै सेनालाई पूर्ण तयारी भएर निस्कन आदेश गर्छ । सेनाहरु जुत्तामा पालिस गर्छन, सफा सुग्घर हुन्छन सबै हातहतियार लिएर लाइनमा तयारी हुन्छन एउटा कमाण्डरले एउटा सेनाको अगाडी आएर पाइन्टको बटम लगाएको छैन, सेनाको तुच्छ गाली गर्ने बानीले नराम्रो शब्दबाट गाली गरेछ । छिटो बटम लगा भनेछ उसले यहि लगाई दिउ सर । भनेछ छिटो लगाईहाल भनेर पुन थर्काएछ विचरा जवान कमाण्डरको बटन सबैको अगाडी लगाइ दिएछ । कमाण्डर नतमस्तक भएर अगाडी बढेछ, आफ्नो पनि पाइन्टको बटन खुलेको नदेख्नेले अर्काको मात्र खुलेको देख्छ यहि हो हाम्रो स्वभाव चिन्तन आप्mनो गल्ती कहिल्यै हुदैन खाली अरु मात्र दोषी हुन्छन म सबैभन्दा उच्चदर्जाको हो अरुसबै असफल, अबुझ हुन भन्ने सोचका कारण नै घरपरिवार, समाज र राष्ट्र समेतमा गैर जिम्मेवारीको परकाष्ठ बढदै गएको छ । अन्तमा तिमीले परआत्मको पुजा पनि परआत्मा प्राप्तीको लागि होइन केवल धन, नोकरी, सुख र स्वर्गको लागि हो । तसर्थ तिम्रो कर्मपनि निस्वार्थ छैन ।
(लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन्।)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१