घोराही । दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका-३ वनगाउँमा बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिँदा लमही नगरपालिका-४ निवासी करिब ४० वर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटना बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१