नवलपुर । स्थानीय तह वित्तीय सुशासन जाेखिम मुल्यांकनमा कावासाेती गण्डकी प्रदेशमा तेस्रो भएको छ।
प्रदेशमा मध्यविन्दु नगरपालिका पहिलाेम्यादीकाे बेनी नगरपालिका दाेस्राे र कावासाेती नगरपालिका तेस्रो भएको हाे ।कावासाेती नगरपालिकाले ८९ अंक प्राप्त गरेको छ। योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापनजस्ता मूल्याङ्कनका विषयक्षेत्रमा कावासाेतीले ८९ अङ्क ल्याउन सफल भएको हाे । एक सय पुर्णाङ्कमा कावासाेतीले ८९ प्राप्त गरेको हाे ।
स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिँदै आएको छ ।
जिल्लाका अन्य पालिकाले समेत मूल्यांकनमा आफूलाई सुधार गरेकाछन् । जिल्लामा मध्यविन्दु नगरपालिका ९०.५ सहित पहिलाे ,कावासाेती दाेस्राे र बाैदिकाली गाउँपालिका ८३.५ अंक सहित तेस्रो भएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१