कावासोती । अर्थ मन्त्रालयले नवलपुरको नमुना सदरमुकामको लागि ५० करोड बजेटको स्रोत सहमति दिएको छ । अर्थ मन्त्रालयले योजना आयोगलाइ पत्र लेखेर ५० करोड बजेट स्रोत सहमति प्रदान गरिएको जानकारी दिएको हो ।
अर्थले योजना आयोगलाई लेखेको पत्र अनुसार चालू आ.वको सुरुमा विनियोजित बजेट समेत गरि ५० करोड मात्रको स्रोत सहमति दिने मन्त्री स्तरको निर्णय भएको जनाईएको छ । स्रोत सहमति भए सँगै आयोजनाको काम चैत महिना बाट सुरु हुने छ ।
नवलपुर क्षेत्र नम्बर २ का सांसद बिष्णु कुमार कार्कीको नेतृत्वमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम बिश्वकर्मा सहितको टोलिले अर्थ मन्त्री डाक्टर प्रकाश शरण महतलाई भेटेर बजेट थप गर्न आग्रह गरेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१