कावासोती । नवलपरासी पूर्वको कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशनको शाखा सञ्चालनमा आएको छ । काठमाण्डौंमा मुख्य कार्यालय रहेको टप–नचको कावासोती स्थीत शाखाको बिहिबार कावासोती नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष गोकर्ण रिमालले उद्घाटन गर्नुभयो ।
उच्च शिक्षाको लागि परामर्श सहितको सेवा प्रदान गर्ने टप–नस एजुकेशनबाट अष्टेलिया, अमेरिका, क्यानडा, युके, फिल्याण्ड लगायतको देशका लागि विद्यार्थी भिसामा सहजिकरण हुने टपनस एजुकेशनका सञ्चालक बसन्त सापकोटाले बताउनु भयो ।
काठमाण्डौंमा उत्कृष्ट शैक्षिक परामर्श केन्द्रको रुपमा पहिचान बनाउन सफल टपनचलाई कावासोती स्थित शाखा मार्फत कावासोती र नवलपुुर क्षेत्रमा उच्च शिक्षाको लागि विदेश जान चाहने र देश भित्रै अध्ययन गर्न चाहने विद्यार्थीको उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा स्थापित गराउने सापकोटाले बताउनुभयो ।
बिहिबार भएको उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य जिवन श्रेष्ठ, नेकपा एमाले नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, मध्यविन्दु बहुमुखी क्याम्पस प्रमुख गणेशमान गिरी लगायतको उपस्थिति रहेको थियो । बिहिबार नै विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययनको लागि जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श समेत प्रदान गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१