नवलपुर । नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्व मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ । आज दिउँसो नवलपुरको गैंडाकोट नगरपालिका ५ कालीगण्डकी चोकमा पोखराबाट कावासोतीतिर जाँदै गरेको जन्तीको बसले ठक्कर दिँदा पूर्वमन्त्री पौडेलको मृत्यु भएको हो । सख्त घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
गैँडाकोट प्रहरीका अनुसार गैँडाकोटको कालीगण्डकी चोकमा उनी सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ग १ ख ८५४७ नम्बरको जन्ती बसले ठक्कर दिएको थियो । भरतपुर महानगरपालिका–१७ शारदानगरका ६३ वर्षीय पौडेल बिगतमा बागमती प्रदेशको सहकारी तथा भूमिसुधार मन्त्री भएका थिए ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठका अनुसार स्वर्गीय पौडेल नेपाली कांग्रेसको संघर्षशील र निष्ठावान नेता हुन् । महासमिति सदस्यसमेत भएका उनी कांग्रेसको तल्लो तहबाट संघर्ष गर्दै मन्त्रीसमेत भएको व्यक्तित्व रहेको श्रेष्ठले नारायणी अनलाइनलाई बताए । स्वर्गीय पौडेलको दुई छोरा, दुई छोरी र एक श्रीमती छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१