दुम्किबास । विनयी त्रिवेणी गाउँपालिकामा एमाले संसदीय दलको बैठक सम्पन्न भएको छ । गाउँपालिकाको माघ १९ गते हुने गाउँसभा पूर्व संसदिय दलको बैठक बसेको हो । गाउँपालिका भित्रका विभिन्न विषयमा छलफलका लागि दलको बैठक बसेको हो ।
विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष समेत रहनुभएका संसदीय दलका नेता घनश्याम गिरीको अध्यक्षतामा बसेको बैठकमा गाउँपालिका उपाध्यक्ष दलका उपनेता भगवति वैदवार, प्रवक्ता नुरेन्द्र शाह, सचेतक तिर्थ पंगेनी, स्वकिय सचिव संगम गिरी, तथा संसदिय दलका सदस्यहरुको सहभागिता रहेको थियो ।
उक्त बैठकमा आमन्त्रित अतिथिमा इन्चार्ज भुवनराज वस्याल, इन्चार्ज इन्द्र बहादुर क्षेत्री ,जिसस सदस्य कुल प्रसाद शर्माको उपस्थिती रहेको थियो । गाउँपालिकामा अगाडी सारिएका योजना, गाउँसभाका विषय , विकासका कामलाई थप प्रभावकारी रुपमा संचालनका लागि सहयोग पुर्याउन संसदिय दलको बंठक बसेको प्रवक्ता नुरेन्द्र शाहले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१