कावासोती ।बागलुङको पन्चकोटमा हुन लागेको अनन्तश्री ब्रहमाण्डिय महायज्ञको रथयात्रा दसौ दिनको दिन नवलपुर आईपुगेको छ । अनन्तश्रीबिभुषित मुक्तिनाथ पिठाधिस स्वामी कमलन्यन आचर्यको संकलपमा सम्पन्न हुन लागेको महायज्ञको रथ मंगलबार नवलपुरको गैंडाकोट अमरापुरी कावासोती चोरमारा अरुङखोला दुम्किबास हुँदै गजेन्द्रमोक्ष धाममा विश्राम गर्ने कृष्णप्रपन्नाचार्यले जानकारी गरायका छन ।
रथयात्रामा नवलपुरको विभिन्न स्थानमा भब्य स्वागत गरियको रथयात्राका संयोजक उद्दब शर्मा प्रपन्नाचार्यले जानकारी गरायका छन । मुक्तिनाथ पिठाधिस स्वामी कमलनयन आचर्यले संकल्प गरेको यो यज्ञ ईतिहासमा पहिलो पटक हुन लागेको हो । २१ हजार ५ सय ५५ कर्ता यज्ञमा सहभागी हुने आयोजकले जनायको छ ।
फागुन ९ देखि २३ सम्म बागलुङको पन्चकोटमा यज्ञ हुने र यज्ञमा १५ दिन सम्म विभिन्न बिधामा सम्मेलन समेत गरिने जनाईयको छ । यज्ञमा सहभागी कर्ताहरुले ५ हजार ५ सय ५५ रुपिया दान गर्ने र संकलित रकम बाट करिब २ हजार जना अट्ने कलस समेत पन्चकोटमा निर्माण गरिने आयोजकले जनायको छ ।
मङ्गलबार बिहान गैडाकोट बाट सुरु भयको रथयात्रालाई गैंडाकोट नगरप्रमुख मदनभक्त अधिकारी लगायतका गैडाकोट बासिले स्वागत गरेका थिय भने कावासोती अरुङखोला लगायतका स्थानमा स्थानियको उत्साहजनक सहभागिता रहेको यज्ञ उपसमिती कावासोतिको संयोजक बिष्णु देबि पाण्डेले जानकारी गरायका छन । माघ ७ गते पन्चकोट बाट सुरु गरियको रथयात्रा देसका विभिन्न तिर्थस्थल परिक्रमा गरि पन्चकोट् पुर्याउनु जनाईयको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१