कावासोती । नवलपुरको कावासोती नगरपालिकाले अनुमति विपरीत सार्वजनिक स्थान , तथा सडक , बिजुली पोल र विभिन्न स्थानमा प्रचार सामग्री नराख्न र नटास्न अनुरोध गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले आज एक सार्वजनिक सूचना जारी गर्दै कुनै पनि व्यवसायिक तथा व्यक्तिगत प्रयोजनका लागि सूचना , प्रचारप्रसार, विज्ञापन जस्ता सामाग्री सार्वजनिक स्थान ,सडक , बिजुली पोल र विभिन्न स्थानमा नराख्न अनुरोध गरिएको हो ।
नगरपालिका र वडाको अनुमति नलिइकन सूचना , प्रचारप्रसार, विज्ञापन जस्ता कुनै पनि कानून विपरितका कृयाकलाप नगर्न तथा नगराउन सूचनामा भनिएको छ ।
यदि यी कार्य गरेको र गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१