काठमाडौं । अघिल्ला ५ दिनसम्म स्थिर रहेको सुनको भाउ बिहीबार भने घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँ घटेको हो ।
बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएकोमा बिहीबार १ लाख १८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला १३८० रुपैयाँमा रहेको चाँदी बिहीबार १४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१