नवलपुर । नवलपुरका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा कावासोती नगरपालिका प्रथम भएको छ । आर्थिक वर्ष २०७९÷८० मा जिल्लाका सातवटा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा सहभागि भएकोमा कावासोती नगरपालिका ९१ दशमलब २५ अंक सहित प्रथम भएको हो ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्यांकन गर्ने गर्छन् ।
संस्थागत क्षमता स्वमूल्यांकनमा कावासोती नगरपालिका हाल सार्वजनिक विवरण अनुसार गण्डकी प्रदेशमा तेस्रो स्थानमा रहेको छ । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका प्रदेशको प्रथम र म्याग्दीको बेनी नगरपालिका दोस्रो भएको छ ।
जिल्लाको बौदिकाली गाउँपालिका बाहेका सात स्थानीय तहको सार्वजनिक भएको लिजामा गैंडाकोट नगरपालिका ८९ दशमलब २५ अंक सहित दोस्रो भएको छ । संस्थागत क्षमता स्वमूल्यांकनमा क्रमश देवचुली नगरपालिकाले ८६ दशमलब ५० अंक, हुप्सेकोट गाउँपालिकाले ८० दशमलब ५०, मध्यविन्दु नगरपालिकाले ७८ दशमलब ७५, विनयी त्रिवेणीले ६७ दशमलब २५ र बुलिङटार गाउँपालिकाले ६५ दशमलब ५० अंक प्राप्त गरेकाछन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१