गैँडाकोट । नवलपरासी (ब.सु.पूर्व) नवलपुरको बिनयी त्रिवेणी ७ स्थित त्रिवेणी ब्यारेज पुलबाट खसेर एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ८ घर भएका ४५ वर्षका कृष्ण दराईको पुलबाट नदीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर हिडेका दराई मंगलबार अपरान्ह ४ वजे अचानक पुलबाट नदीमा खसेका थिए ।
उनको शहिद स्मृति सामुदायिक अस्पताल बर्दघाटमा उपचारको क्रममा ज्यान गएको हो । चितवन महानगरपालिका वडा नं. ८ स्थायी घर भएका उनि विगत केहिसमयदेखि बिनयी त्रिवेणी गाँउपालिका वडा नं. ७ मा बस्दै आएको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१