काठमाडौं । पुरुषसँग नजिकिएर एकान्तमा बोलाउने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय भएको छ । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिका–६ घर भएकी देवी थापालाई दोषी ठहर गर्दै ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको हो ।
थापाविरुद्ध दुई वर्षअघि दायर भएको आपराधिक लाभको एक मुद्दामा सोमबार न्यायाधीश श्यामलाल घिमिरेको इजलासले कैद र जरिवानासँगै उनीबाट पीडित पुरुषलाई सात लाख क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । त्यस्तै, युवतीका सहयोगी ललितपुर महालक्ष्मी नगरपालिका–५ का सुदर्शन सापकोटालाई सात दिन कैद र एक हजार जरिवानाको फैसला सुनाइएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१