काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई जनताका ७ सय ५१ माग बुझाएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले नेताहरूले जनस्तरबाट आएका ७ सय ५१ मागहरू, समस्या, समस्या समाधानका उपायसहित लिखित जानकारी गराएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मध्यपहाडका समस्या, सम्भावना र चुनौती लिखित रूपमा जानकारी गराएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उपमहासचिव ज्ञवालीका अनुसार एमालेलाई विभिन्न ४६ जिल्लाबाट ७ सय ५१ वटा मागहरू प्राप्त भएका थिए। गण्डकीबाट १६१, कोशीबाट १७० सुदूरपश्चिमबाट १३५ र बागमतीबाट १३३ वटा मागहरू प्राप्त भएको उनले बताए
यस्तै बागमतीबाट १३३, कर्णालीबाट ७९, लुम्बिनीबाट ७५ र मधेसबाट प्राप्त ८ वटा मागहरू प्रधानमन्त्रीलाई बुझाइएको उनको भनाइ छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१