काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् । झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् । दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए ।
बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत छ । अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यसलाई सशस्त्र प्रहरी परिचालन पछिको सफलता ठानिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१