कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोटमा कोदालो र खुर्पा प्रहार गरि आफ्नै श्रीमतीको हत्या भएको छ । गय राती १ बजेको समयमा हुप्सेकोट गाउँपालिका ६ बिरुखर्क बस्ने बर्ष ३३ को शेर बहादुर लम्का मगरले आफ्नै श्रीमती बर्ष ३४ की चनिसरा लम्का मगरको हत्या गरेका हुन् ।
सुतिरहेको अवस्थामा कोदालो र खुर्पाले प्रहार गर्दा घट्ना स्थलमानै श्रीमती चनिसरा लम्का मगरको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीले शेर बहादुर लम्का मगरलाई कोदालो र खुर्पा सहित नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलका अनुसार चनिसरा ८ महिनाकी गर्भवती थिइन् । हत्या गर्नुको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१