चितवन ।बागमती प्रदेशमा। काठमाडौँ उपत्यकापछि सबैभन्दा धेरै सवारी दुर्घटना हुने जिल्ला चितवन बनेको छ ।राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार चितवन काठमाडौँपछि दोस्रो धेरै सवारी दुर्घटना हुने जिल्ला बनेको हो ।
प्रतिवेदनअनुसार वाग्मती प्रदेशमा गत आर्थिक वर्ष २०७९–८० मा १२ हजार ३६ वटा सवारी दुर्घटनाका घटना भएका थिए । ती घटनामा परी ४८२ जनाको मृत्यु, ९८७ जना गम्भीर घाइते र १० हजार ४६१ जना सामान्य घाइते भएका थिए ।
वाग्मती प्रदेशको काठमाडौं उपत्यका बाहिर रहेका १० जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना चितवनमा भएको प्रतिवेदनमा उल्लेख छ । चितवनमा गत आर्थिक वर्ष ३०६ वटा सवारी दुर्घटना भएका थिए । ती घटनामा ७६ जनाको मृत्यु भएको थियो ।प्रतिवेदन अनुसार, गत आर्थिक वर्ष मकवानपुरमा २५५, सिन्धुलीमा १८२, रामेछापमा ३३, दोलखामा २७, काभ्रेपलाञ्चोकमा १५६, सिन्धुपाल्चोकमा ५०, नुवाकोटमा ८१, धादिङमा २४९ र रसुवामा २२ वटा सवारी दुर्घटनाका घटना भएका थिए ।
गत आर्थिक वर्ष दुर्घटनामा परी मकवानपुरमा ६३, सिन्धुलीमा ३४, रामेछापमा ९, दोलखामा ४, काभ्रेपलाञ्चोकमा ४७, सिन्धुपाल्चोकमा १०, नुवाकोटमा १५, धादिङमा ३७ र रसुवामा ४ जनाले ज्यान गुमाएका थिए ।सवारी दुर्घटनामा परी गत आर्थिक वर्ष २०७९\८० मा चितवनमा ५८१, मकवानपुरमा ५९५, सिन्धुलीमा ३८६, रामेछापमा ९८, दोलखामा ५२, काभ्रेपलाञ्चोकमा ३२७, सिन्धुपाल्चोकमा १०९, नुवाकोटमा २१० धादिङमा ४९७ र रसुवामा ३६ जना घाइते भएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१