काठमाडौं । पुस महिना मात्रै ६५ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।जसमा ५९ हजार ७२९ पुरूष र ६ हजार ८४ जना महिला रहेका छन् । ३४ हजार ४१५ जनाले श्रम स्वीकृति मात्रै लिएका छन् । जसमा ३० हजार ३१७ जना पुरूष र ४ हजार ९८ जना महिला रहेको विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्ष २०७९/८० को पुस महिनामा ६५ हजार ४६४ जना विदेशीएका थिए । त्यसरी जानेमा सबैभन्दा बढी यूएई पुगेका छन् । यूएइका लागि १६ हजार ३८५ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १३ हजार ८६० पुरूष र २ हजार ५२५ जना महिला रहेका छन् । त्यसपछि साउदी अरेबिया पुगेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१