मनाङ । मुस्किलले ‘चार्टर्ड’ वा ‘कार्गो फ्लाइट’ मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीय स्थलझैँ बनेको छ तर यहाँ केही वर्षअघिसम्म आँखैसामु देखिने ‘ग्लेसियर’ वा हिमनदीको भने अहिले नाम निसान पनि छैन । पहिले नै लिइएका तस्बिरमा मात्रै यो ताल सीमित भएको छ । माथिल्लो मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राका गाउँमा जन्मे–हुर्केका कालु घले घरआँगनसम्म बगेर आइपुग्ने हिमनदीको रङ र प्रकृतिको परख सम्झँदै छन् । उनी भन्छन्, “अरूभन्दा पनि तीन हजार आठ सय २० मिटर उचाइको विन्दुमा रहेको गङ्गापूर्ण तालको आकर्षणले यहाँ पर्यटक तान्न सकिएला भन्ने लागेको थियो । अहिले यो ताल पनि मैदानझैँ बनिसकेको छ ।” उनका अनुसार अरू पनि यहाँका सानातिना तालहरु सुक्दै वा हराउँदै गएका छन् ।घले भन्छन्, “स्विस भूगर्भविद् टोनी हागनले सन् १९५७ मा गङ्गापूर्ण तालको तस्बिर प्रचारमा ल्याएपछि यो ताललाई अहिलेसम्म भूगर्भ बनोट र जलवायु परिवर्तनको अध्ययन गर्ने एक आधार बनाइएको छ ।” झन्डै नौ किलोमिटर लामो गङ्गापूर्ण ग्लेसियरको बहाव हरेक वर्ष खुम्चँदै गएकोबारे इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चले अध्ययन गरिसकेको छ ।
उनी भन्छन्, “अर्को वर्ष आउँदा गङ्गापूर्ण ताल पहिलेको जस्तै देख्न पाउनुहुनेछ ।” प्राकृतिक ताल संरक्षण गर्न आवश्यक रहेको स्थानीय तथा अनुसन्धानकर्ताहरुको सुझाव छ । मनाङ्मा रहेका पुराना हिमताल तथा ग्लेसियरहरु पनि पछिल्लो समय मेटिँदै गएका छन् । कतिपय ताल मैदानमा परिणत भएका छन् । जलवायु विज्ञहरुले मनाङमा अनुसन्धान गरेर तालहरु घट्दै गएका देखिएको सुझाव दिने गरेका छन् । ती सुझावहरुलाई कार्यान्वयनमा ल्याउन तीनै तहका सरकार एक भएर लाग्नुपर्ने आवश्यक छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१