चितवन।नारायणगढ–मुग्लिन सडक खण्डमा आज र भोलि दिउँसो पनि यातायात खुल्ला रहने भएको छ । देवघाटधाममा लाग्ने माघेसंक्रान्ति मेलालाई मध्येनजर गर्दै दिउँसो पनि यातायात सुचारु गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै हुँदै आएको थियो । यस सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि दिउँसोको समयमा सडक बन्द गरेर काम गरिएको छ ।
जिल्लाको सुरक्षा समितिको बैठकमा थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिएको छ ।गत साल कडा चट्टान फोर्न नसकेपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको बताइएको छ । अझै ढिस्को फोर्न तीन साता लाग्ने आयोजनाले अनुमान गरेको छ । सोही अनुसार जिल्ला सुरक्षा समितिले तीन साता म्याद थप गरेर काम गरिरहेको छ ।आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ ।
गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१