नवलपुर । नेपाल औषधी व्यवासायी संघ नवलपुरको दोस्रो साधारणसभा तथा अधिवेशनले विष्णु कंडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।सदरमुकाम कावासोतीमा भएको अधिवेशनले कंडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमतिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण शर्मा (पौडेल) उपाध्यक्ष (थोक) सूर्यप्रसाद सुवेदी, उपाध्यक्ष (खुद्रा) ओम बहादुर महताो, महासचिवमा ईश्वरी प्रसाद घिमिरे , सचिवमा जिवन पौडेल, कोषाध्यक्षमा पशुपति भूषाल (राजु) र उपकोषाध्यक्षमा धनबहादुर कुमाल हुनुभएको छ ।
त्यसगैरी कार्यसमितिका सदस्यहरुमा चिन्तामणी महतो, नारायण घिमिरे, सोमनाथ शर्मा, झम्कनाथ सुवेदी (रवि) र शेर बहादुर मल्ल रहनुभएको छ । जिल्लामा २५० भन्दा बढीको संख्यामा औषधी व्यवसायीहरु भएपनि नेपाल औषधी व्यवसायी संघ नवलपुरमा हालसम्म १४६ जना व्यवसायीहरु आवद्ध रहेको संघको तथ्याकं छ । मेडिकल, क्लीनीक, अस्पताल, फार्मेसी र आयूर्वेदिक फार्मेसी सञ्चालकहरु संघका सदस्यहरु हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१