काठमाडौं।विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको सूची सार्वजनिक भएको छ । हेन्ले पासपोर्ट इन्डेक्सले शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गरेको हो ।जुन सूचीमा सबैभन्दा शक्तिशाली पासपोर्ट भएको देशको रुपमा फ्रान्स रहेको छ । फ्रान्ससँगै क्रमश जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन पनि पासपोर्ट सबैभन्दा शक्तिशाली भएको देशको सूचीमा छ । तर , नेपाल भने ९८ औं स्थानमा परेको छ ।
नेपालका नागरिकलाई ४० देशमा भिसा अनअराभइलको सुविधा रहेको छ । नेपालसँगै लिबिया र प्यालेस्टाइनको पासपोर्ट ९८ औ सूचीमा छ । छिमेकी मुलुक भारतको पासपोर्ट ८० औं स्थानमा छ भने चीनको ६२ औ स्थानमा छ ।
त्यस्तै पहिलो स्थानमा रहेका देशका नागरिकलाई १९७ देशमा भिसा फ्री वा भिसा अन अराइभलको सुविधा छ । दोस्रो शक्तिशाली पासपोर्टमा फिनल्याण्ड, साउथ कोरिया र स्विडेन परेको छ । यी देशलाई १९३ देशमा भिसा अनअराइभलको सुविधा छ । तेस्रो स्थानमा अष्ट्रिया, डेनमार्क, आयरल्याण्ड परेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१