काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेतेल र नुनको गुणस्तर परीक्षणका लागि खाद्य, प्रविधि तथा गुुणस्तर विभागमा पठाएको छ । आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा आवश्यकताभन्दा बढी प्रयोग भएको र खानेतेलमा मिसावट भएको भन्ने उजुरी परेपछि विभागले सम्बन्धित कम्पनी र उद्योगबाट नमुना सङ्कलन गरेर परीक्षणका लागि खाद्य प्रविधि विभागमा पठाएको हो ।
विभागका महानिर्देशक तीर्थराज चिलवालले विभागमा आएका गुनासोका आधारमा आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा र खानेतेलको गुणस्तरका विषयमा खाद्य गुणस्तर विभागमा परीक्षणका लागि पठाएको जानकारी दिए ।
साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने आयोडिनयुक्त नुनमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले तोकेभन्दा बढी आयोडिनको मात्रा भएको भन्ने उजुरी आधारमा उक्त कम्पनीबाट नमुना लिएर परीक्षण गर्न पठाएको उनले बताए । डब्लुएचओका अनुसार हरेक प्रौढ व्यक्तिलाई दैनिक पाँचग्राम मात्रै आयोडिन नुन आवश्यकता पर्छ तर नेपालीले भने औसतमा ९.१ ग्राम नुन उपभोग गर्ने गरेको र यसले स्वास्थ्य असर गरको भन्ने गुुनासोका आधारमा यसको वास्तविकता बाहिर ल्याउनका लागि नमुना परीक्षणका लागि पठाइएको महानिर्देशक चिलवालको भनाइ छ ।
उनका अनुसार खानेतेल (तोरी, भटमास, सनफ्लावर) उत्पादन गर्ने आठ वटा ठुला उद्योगबाट नमुना सङ्कलन गरेर परीक्षणका लागि खाद्य प्रविधि विभागमा पठाइएको छ ।
खानेतेल मिसावट भन्ने धेरै गुनासो आएपछि फरक फरक ठाउँबाट नमुना लिएर परीक्षणका लागि पठाइएको र त्यसको वास्तविक रिपोर्ट आएपछि सार्वजनिक गरेर प्रतिकूल देखिएमा खाद्य संरक्षण ऐन अनुसार कारबाही गरिने महानिर्देशक चिलवालले बताए । याे समाचार गाेरखापत्र दैनिकमा छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१