नवलपुर। जागृति बाल तथा युवा सरोकार नेपाल र नवलपुर किशोरी सन्जालको आयोजनामा वातावरण संरक्षण र पर्यटन बिकासमा किशोरीहरुको भुमिका सम्बन्धि अन्तर सम्वादमा बक्ताहरुले सो बताएका हुन् । संरक्षणकर्मी डिबि चौधरीले नवलपुरमा पर्यटनका फरक फरक संभावना रहेका तर आशातित फाईदा लिन नसकेको र यसको लागि स्थानीय तहले एकिकृत नवलपुरको योजना निर्माणमा जोड दिनु पर्ने बताउनु भयो ।
बाताबरण संरक्षणको हिसाबले नवलपुरमा समुदाय स्तरबाट गरिएको सामुदायिक बनको संरक्षण, जटायुको संरक्षणको लागि जटायु रेस्टुरेन्ट, अफ्रिकाको झल्को दिने घासेमैदान र बन्यजन्तुहरुको प्रशस्त उपलब्धता हुनु अवसर नै अवसरको खानी रहेको बताउनु भयो ।
उहाँले अव नयाँ पुस्ताको अर्थपुर्ण सहभागिता गराई बाताबरण संरक्षण र अन्य क्रियाकलाप सन्चालन गर्न सकिय प्रभावकारी हुने बताउनुभयो ।
वातावरण पत्रकार मञ्चका अध्यक्ष सालिकराम कोईरालाले स्थानीय तहले जलबायु परिवर्तन र वातावरण संरक्षणमा चासो नदिनु घातक रहेको बताउनु भयो ।
जलवायु अनुकुलन योजना निर्माण गर्न नखोज्नुले स्थानीय तहहरु अल्पसंख्यक र सीमान्तकृत समुदाय प्रति उत्तरदायी नरहेको देखिने उहाँले बताउनु भयो ।
जलबायु परिवर्तनले असर पुर्याउन सक्ने समुदायमा कार्यक्रमहरु र बजेटहरु समेत कम प्राथमिकता हुनुले हामी भबिस्य प्रति चिन्तित नरहेको देखियको बताउनुभयो ।
बिश्वमा वातावरण संरक्षण र बन्यजन्तु संरक्षणमा महिलाहरुको अर्थपुर्ण भुमिका रहेकोले किशोरी लक्षित यस्ता कार्यक्रमले भोलिको लागि आज जिम्मेवार बन्न सहयोग गरेको उहाँले बताउनु भयो ।
नेचर गाईड चन्द्रा महत्तोले किशोरीहरुले नेचर गाईड भयर काम गर्दा निकै नै समस्या परेको तर हार नखाई यो पेशामा लागेकोले अहिले गर्व लागेको बताउनुभयो ।
उहाँले अव पालिकाहरुले महिला र किशोरी लक्षित आयआर्जन कार्यक्रम निर्माण गर्दा पर्यटकिय क्रियाकलाप हुने र बाताबरण संरक्षणहुने खालका निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । अन्तर सम्बाद कार्यक्रममा बक्ताहरुले राखेको अनुभव र भनाई पछी किशोरीहरुले विभिन्न प्रश्नहरु समेत राखेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१