लेखनाथ । पोखरा महानगरपालिका-२७ डाँडाकोनाक जारी पोखरा लेखनाथ महोत्सवको प्रवेश गेटमा शनिबार बिहान बस दुर्घटना भएको छ । बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस दुर्घटना हुँदा ३० वर्षीय ईश्ववती कुमारीको मृत्यु भएको हो । पोखरा लेखनाथ महोत्सवको प्रवेश गेट अगाडी ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । महोत्सवमा बाटा (गमला) बिक्री गर्ने भारतीय नागरिक कुमारीको बसको ठक्करले मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
कुमारीलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । सोही बसको ठक्करबाट तनहुँका ३६ वर्षीय रामजी गन्धर्व र ४६ वर्षीया चिजमाया गन्धर्वसमेत घाइते भएका छन् । घाइतेहरूको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको र बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रवक्ता विकले जानकारी दिनुभयो । बस ब्रेक फेल भई सडकको दायाँ साइडको माटोको ढिस्कोमा ठक्कर खाएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१