कावासोती । कावासोती नगरपालिका –३, पुरानो कावासोतीमा रहेको महाकालेश्वर शिवालय मन्दिरको व्यवस्थापन र हेरचाहाका लागि नयाँ समिति गठन गरिएको छ । शनिबार भएको भेलाले नर बहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा दुर्गा गुरुङ, सचिवमा चूडा बहादुर बस्नेत , सह सचिवमा रेनुका लामिछाने, कोषाध्यक्षमा सिता महतो रहनु भएको छ । यसै गरि समितिको सदस्यहरूमा टिका बिक, भोजराज गिरी, रण बहादुर, अनन्तराम सुनार, पुष्पा क्षेत्री, चन्द्रकला वाग्ले, चिनु श्रेष्ठ, बाबु चापागाईं, सुस्मिता महतो र संजिता जिसी रहनुभएको छ ।
भेलाले तुलसीराम अर्यालको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसको सदस्यहरूमा टेक बहादुर श्रेष्ठ, राम बहादुर हमाल, वृष बहादुर श्रेष्ठ र तुलसीराम चापागाईं रहनुभएको छ ।
मन्दिर समिति गठनका लागि भएको भेलाको प्रमुख अतिथि वडा सदस्य ऋषिराम बस्ताकोटी रहनु भएको थियो । भेलामा वडा नम्बर ३ र ९ का स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन चिरञ्जीवी जिसीले गर्नुभएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१