भरतपुर । चितवनको नारायणी नदी पुलबाट हाम फालेकी महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउसो धनुषा जनकपुर उपमहानगरपालिका घर भई हाल भरतपुर महानगरपालिका १० बस्दै आएकी ३१ वर्षीय संगिता शाहले पुलबाट हाम फालेकी हुन ।
हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको विपद् उद्धार टोलीले उद्धार गरेर भरतपुर अस्पताल ल्याएको थियो ।
उनको उपचारका क्रममा शुक्रबार दिउसो १२ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक शाहको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१