काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पुर्याइएका खाणलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो । खाण छुटिसकेको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणलाई उच्च अदालत पाटनले बिहीबार ३० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतमा धरौटीबापतको रकम बुझाएका खाणलाई त्यसपछि सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार पुर्याइएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१