आज एक समारोहका बिच कावासोती इष्टिच्युट अफ हस्पिटालिटि मेनेजमेन्टको सभाहलमा तालिमको उद्घाटन कावासोती ८ का वडाध्यक्ष गोकर्ण रिमालले गरेका थिए । उद्घाटन गर्दै अध्यक्ष रिमालले “युवा दक्ष नभए सम्म समाज विकास गर्न नसकिने र युवालाई आत्मर्भिर बनाउदै लैजाने कुरामा आफुहरु दुढ रहेको र सोही अनुरुप वरिस्था तालिम संचालनमा ल्याएकाे बताए । तालिम तालिमका लागि मात्र नलिएर तालिमलाई जिवन उपयोगी बनाउन समेत रिमालले आग्रह गरेका छन् ।
कार्यक्रममा विशेष अतिथिको रुपमा कावासोती ८ का वडा सदस्य मनोज रेश्मी , भिमकला सापकोटा,केशमाया बिक र कावासोती इष्टिच्युट अफ हस्पिटालिटि मेनेजमेन्टका प्रधानाध्यापक सुदिप चापागाइ, कार्यक्रम संयोजक अम्बिका पाण्डे लगायतको उपस्थिति रहेको थियो ।