सर्लाही ।सर्लाहीमा बसले किच्दा एक जनाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका अन्दाजी ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियार थारुका अनुसार पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका ४ पुरानो चौकी नजिक प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलबाट लडेका व्यक्तिलाई मलंगवाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले किचेको थियो ।उनको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकल चालक भागेकाले मृतकको पहिचान हुन नसकेको डिएसपी पञ्जियारले बताए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१