चितवन ।पूर्वी चितवनको खैरहनीमा आज (बुधबार) बिहान फेला परेको पुरुषको शवको पहिचान खुलेको छ ।खैरहनी नगरपालिका वडा नम्बर ९ मा सडक नजिकको झाडीमा फेला परेको शव गोरखाको शहिदलखन गाउँपालिका–९ नाम्जुङ स्थायी ठेगाना भएका ऋषिराम बस्नेत रहेको खुलेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । शव पहिचान भएपछि बस्नेतको परिवार पनि प्रहरीको सम्पर्कमा आइसकेको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय मृतक बस्नेत भरतपुरमा बस्ने गर्दथे ।नमुना टायर सोलिङ ग्यारेजको साइडको झाडीमा उनको शव फेला परेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१