काठमाडौं । जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितहरूका लागि अस्थायी टहरा निर्माण गरी पुनर्स्थापनाको कामका लागि नेकपा एमालेले स्वयंसेवक परिचालन गरेको छ ।
भूकम्प प्रभावित क्षेत्र जाने एमालेका स्वयंसेवक टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले राहत सामाग्रीसहित शनिवार पार्टी कार्यालय च्यासलबाट बिदाइ गरे ।
टोलीले स्थलगत अध्ययन गरेर स्थानीय पार्टी, पीडित र प्रशासनसँग समन्वय गरी काम सुरु गर्ने तयारी गरेको एमालेले जनाएको छ ।
केन्द्रीय विपत् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलले रुकुम पश्चिम र जाजरकोटका सबै स्थानमा ११ सय स्वयंसेवकले दुई हप्ता काम गर्ने जानकारी दिए ।
पार्टीका विभिन्न जनसंगठन र मातहतका कमिटीहरूका स्वयंसेवकहरु ४० समूहमा बाँडिएर श्रमदानमा खटिने उनले बताए ।
उनले भत्किएका भग्नावेश हटाउने, मरेगलेका चौपाया हटाउने र पुन निर्माणको काम नहुन्जेलसम्म अस्थायी टहरा निर्माण गर्ने जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१