काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासभन्दा गुन्डाहरूको संरक्षणमा आफ्नो रुचि देखाएको आरोप लगाएका छन् । शनिवार केन्द्रीय कार्यालयमा आयोजित जनसंगठन पदाधिकारीहरूको विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई विकाशतर्फ नभएर गुन्डाहरूको प्रोत्साहन र अपराधीहरूलाई छुटकारा दिनतर्फ केन्द्रित भएको बताए ।
सबै तहका अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गर्दा पनि सरकारले थुन्नै नहुने भन्दै त्यस्ता व्यक्तिलाई आममाफी दिने गरेको पनि बताए । उनले भने- जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद गर्छ । पुनरावेदन अदालतले उच्च अदालतले त्यसैलाई दोहोर्याउँछ । सर्वोच्चले त्यही भन्छन् । तर सरकार भन्छ । तर सरकार थुन्नै नहुने भन्छ । अदालत किन चाहियो ? सरकारलाई मन परेका मान्छे थुन्न नपर्ने मन नपरेका मान्छेहरू थुन्न पर्ने ? देशमा अराजकता मच्चाउन पाइने न्याय माग्न पाइने ? हो भन्दै उनले प्रश्न गरे ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१