नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुलीमा जिप दुर्घटनाहुँदा ६ जनाको मृत्यु भएको छ ।
आज बिहान ११ ः ३० बजेको समयमा जिल्लाको पहाडीक्षेत्र बौदिकाली गाउँपालिकाबाट दलदलेका लागि छुटेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका –९, स्थित गोरेघुम्तीमा दुर्घटनाहुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । दुर्घटनामा परि एक जना घाइते भएकाछन् । जिपमा ७ जना सवार रहेको उहाँले बताउनुभयो ।
जिप अनियन्त्रीत भएर घरको भित्तामा ठोक्किन पुगेको प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो । घटनाको थप विवरण आउन र मृतकको परिचय खुल्न बाँकी रहेको उहाँले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१