काठमाडौं।६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइँदै छ ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार र शनिबार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो।
भिटामिन ‘ए’ र जुकाको औषधी नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत् खुवाउन सकिने मन्त्रालयले जनाएको छ। यसअघि प्रत्येक वर्ष कात्तिक २ र ३ गते सञ्चालन गर्ने गरिएको यो कार्यक्रम यो वर्ष बडादशैँ परेकाले १७ र १८ गते सञ्चालन हुन लागेको हो।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधी नियमित खुवाउन थालेको हो। प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१