‘अर्कालाई उज्यालो दिन चाहनेले आफै जल्न सक्नु पर्दछ’ यो भनाईले समाजलाई अध्यारोबाट उज्यालो तिर, दुःखबाट सुख तिर, गरिबीबाट समृद्धितिर लैजाने शक्ति नै शिक्षक हुन । शिक्षकले पढाएका, शिक्षा प्रदान गरेका शिष्यहरु कोहि डाक्टर बन्छन, कोहि पाइलट, कोहि नेता बनेका छन तर शिक्षकको अवस्थालाई जहा छोडेको त्यहि छ, जस्तो छोडेको त्यस्तै छ । झनझन आप्mनो जिम्मेवारी प्रति उदासीन बन्दै गएको देखिन्छ । सधै उहि किताब, उहि स्थान, उहि विद्यार्थी, उहि समय, उनै साथी, उहि पुरानो रटानको कारण पनि जिवन उर्जाशिल देखिदैन । आफु सँगसँगै अरु क्षेत्रमा जागिर खानेको अवस्थामा रातारात आएको परिवर्तनको कारण पनि शिक्षकहरु दुःखी देखिन्छ । उनीहरुको आफ्नो आवश्यकता पुरा गर्न पनि कठिन भएको अवस्थामा अरु साथीहरुको अवस्थामा आएको परिवर्तनको कारण आफ्नो कर्तव्य प्रति खुसी र सन्तोष देखिदैनन् ।
नेपालको उत्तरी छिमेकी राष्ट्र चिनमा सबै भन्दा अब्बल तलब सुविधा शिक्षकलाई छ भने समुदायबाट धेरै सम्मानित हुने शिक्षक पेशा नै हो शिक्षकको जिम्मेवारी, कर्तव्यको कारणनै समाज विकासको प्रारम्भीक चरण हो भनेर मानिएको छ । उनीहरुबाट नै समाज सभ्य, शुसाशन, मुल्यमान्यताबाट देशलाई स्वास्थ्य, सभ्य, शिक्षित नागरिक उत्पादन गरी देश संचालनको जिम्मा लगाइन्छ । तसर्थ घर, समाज र राष्ट्रलाई स्वास्थ्य, सभ्य, शिक्षित र योग्य नागरिक उत्पादन गर्ने शिक्षक भएकोले ‘गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर, गुर साक्षत, परब्रम्ह तस्यौ गुरुवे नम’ शिक्षक शब्द हाम्रो भाषामा धेरै पुरानो होइन शिक्षकको ठाउँमा परापुर्व कालमा गुरु शब्दको प्रयोग हुने गरेको थियो । यहाँ गु को अर्थ हो अन्धकार र रु को अर्थ हो प्रकाश अर्थात गुरुको अर्थ अन्धकारबाट उज्यालोतिर, अन्यौलबाट निकौयौलतिर उज्यालोतिर डो¥याउने भन्ने बुझिन्छ त्यसैले त्यस्ता व्यक्तिलाई भगवान समान हुन भनेर गुरुको दर्जा दिएको हो । हाम्रा पुर्विय विचार र मान्यताले अति उत्कृष्ट उत्तम खालको दर्जा र जिम्मेवारको रुपमा व्याख्या गरेको अवस्थामा हाम्रा गुरुहरु पनि उक्त आचरण, विचार र आफुलाई भगवान रुपी भएर आफ्नो दैनिक कार्य गरेको पाइन्छ त ?
यो प्रश्न अहिले प्रत्येक जनजन, घरघरमा व्यापक बहसको विषय बनेको छ । शिक्षक कक्षामा जान भन्दा बाहिर जान रमाउने, सकेसम्म १०/१५ मिनेट पछि कक्षा प्रवेश गर्ने, विद्यार्थीलाई सिर्जनशिल भन्दा घोकन्ते विद्यामा निर्भर बनाउने, जिम्मेवारी, कर्तव्य भन्दा अवसर सुविधा अधिकारका लागि समय खर्चने, विद्यालय विद्यार्थी र अभिभावक प्रति भन्दा राजनितिक दल, प्रति वफादार बन्ने प्रक्रियाका कारण शिक्षाको गुणस्तर दिनप्रति दिन ओरालो लाग्दै गएको छ । मैले यात्रानुभुतिको क्रममा भारतको उडिसा राज्यको एउटा विद्यालयमा सिक्ने अवसर पाएको थिए । जहा पढ्दै कमाउदै र रमाउदै भन्ने कार्यक्रम संचालन भएको रहेछ । विद्यालयका विद्यार्थीहरुले कपास खेतीबाट राम्रो मनग्य कमाउने र आफ्नो स्टेश्नरी, खाजा र केहि बचत गर्ने गरेको विद्यार्थीले बताएका थिए । विद्यालयले आप्mनो जग्गामा कपडा उद्योगसँगको सहकार्यमा कपासको बिऊ रोप्ने यो खेती अरु खेती भन्दा रोगकिराको लागि औषधी रेखदेख पनि नियमित जसो गर्न नपर्ने भएकोले अरु बालीको तुलनामा उत्पादन, मुल्य र बजारको दृष्टिकोणबाट सजिलो, धेरै झन्झट रहित तरिकाले नगद प्राप्त गर्ने भएकोले यो बाली छनौटमा परेको पाइयो । कपास टिप्ने समय मंसिर, पुष र माघ भएकोले परिक्षा सकिएको समय उपयुक्त मौसम भएर पनि होला कपास टिप्नको लागि विद्यार्थी धेरै उत्सुक देखिन्थे । विहान १० बजे दिउसोको लागि खाजा लिएर विद्यालयबाट पुग्ने विद्यालयबाट बसमा कपास खेती सम्म पुग्ने दिनभरी कपास टिपेर (संकलन) कपडा उद्योगको गाडीलाई तौल गरेर दिने र नगद रुपैया बुझेर घर आउने जसबाट विद्यार्थी थकित हुनु भन्दा पनि खुसी आनन्द मानेको देखिन्थ्यो न्युनतम ५०० देखि ८०० रुपैया सम्म दैनिक आम्दानी गरेका विद्यार्थीको अनुहारमा मुस्कान देखिन्छ । विद्यालय शिक्षक, कर्मचारी सबैको सहभागी र सहकार्यले काममा सानो, ठुलो, भेदभाव केहि देखिदैन ।
विद्यार्थीहरु काम प्रति लगनशिल, आर्कषित तथा उत्साहि छन भने यसबाट हामीहरु बिदाको समयमा घर बस्दा समय खेर जाने फजुल खर्च बढ्ने, घरपरिवारमा पनि झगडा हुने, खाली समयमा साथीसँग घुम्न जान मन लाग्ने जान नपाए दुःख लाग्ने भने जानको लागि खर्च नहुने, जान नसकेमा साथीभाई रिसाउने सम्वन्धमा खटपट आउने, भएकोले यो कार्यक्रम हाम्रो लागि उपयोगी भएको बताएका थिए । खाली समयमा दुर्वस्यनी तिर लाग्ने, गलत साथीहरुको संगतमा पुगिने, गलत क्रियाकलाप गर्न समेत लाग्न सकिने तर यो कार्यक्रमबाट हामी अनुशासित र श्रम गर्न सक्ने, श्रमको महत्व बुझ्ने, आफ्नो खुट्टामा आफै उभिने प्रयास गर्न थालेको कुरा पनि बताएका थिए । आफ्नो साथीभाई बहिनी बिच माया ममता सहयोग, सहकार्य, भावनात्मक उकता तथा मुल्यमान्यता प्रति पनि हामी अभ्यस्त हुदै गएका छौ ।
यस्ता कार्यक्रमहरु हामीले पनि हाम्रा विद्यालयहरुमा कति गर्न सक्छौ ? सम्भावनाको खोजी गर्ने र उत्पादन मुलकको रुपमा शिक्षालाई विकास गर्न तिर अब सुरु गर्नु पर्दछ पहाडी विद्यालयहरुले भुइकटहर, कागति लगायतलाई रोपण गर्ने उत्पादनलाई संकलन केन्द्र बनाई भण्डारण गर्ने । तराई तिरका विद्यालयहरुले भाद्र महिनाबाट पुष्प खेती संचालन गर्ने र नेपालीहरुको महान चाड दशै, तिहार, छट, एकादशी लगायतका पर्वलाई स्वदेशी उत्पादनलाई प्राथमिकता दिने । विद्यार्थीले फुल टिप्ने, संकलन गर्ने र माला बनाउनको लागि कुनै कडा परिश्रम नहुने भएकोले प्रवल सम्भावना र अवसर पनि देखिन्छ । यसका लागि प्रधानमन्त्री कृषि आधुनिककरण कार्यक्रम, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र कृषि ज्ञान केन्द्रको समेत सहकार्यबाट बढी उपलब्धी मुलक र परिणाममुखी बन्न पुग्दछ । विद्यार्थीलाई सिकाउदा उनीहरुको स्वभाव, रुचि, चाहाना र क्षमतालाई समेत आधारभुत रुपमा मनोवैज्ञानिक रुपले सुक्ष्म अवलोकन र अध्ययन गरेर सिकाउन सुरु गर्न पर्दछ ।
यस विषयमा श्री भदभागवत गीताको एउटा शुक्ति बडो सान्र्दभिक हुन सक्छ । ‘स्वधर्य निधन श्रेय परधमौ भयावह’ स्वधर्य भनेको आप्mनो स्वभाव विद्यार्थीलाई (उनीहरुको स्वभाव) अनुसार बाच्न सक्नु नै उसको पुरुषार्थ हो । सिकाउदा पनि उनीहरुको स्वभावको आधारमा नै सिकाउन पर्दछ, उनीहरुलाई स्वतन्त्र छोडीदिएर उनीहरुले के गर्न रुचि देखाउछन । उनीहरुको रुचिको आधारमा फक्रदै गरेको प्रतिभालाई प्रोत्साहन गर्न सक्ने वातावरण बनाउने काम निरन्तर स्कुल, परिवारमा सहयोग पु¥याउने काम गर्नु पर्दछ । विद्यार्थी चाहना पनि छैन भने उसले धेरै बाहाना बनाउन सक्दछ । विद्यार्थीको चाहना इतिहास पढ्ने छैन तर हामी जबरजस्ती इतिहासको निम्ति घोक्न बाध्य पार्छौ जुन उसको जिवनयापनका लागि त्यति उपयोगी नहुन सक्छ । यस्तै विधि प्रक्रियाबाट विद्यार्थीको अन्तरनिहित क्षमता, प्रतिभा के हो ? भन्ने कुरा बुझ्न सकिदैन पनि जिवन भर कसैको कारिन्दा भएर जिवन बिताउला । यहि विषयलाई सान्र्दभीक हुने गरी भरखरै नेपाल सरकारले जिल्ला न्यायधिसको लागि विज्ञापन खोलेको थियो । जसमा एक जना मात्रको निवेदन परेको थियो । करिब ३० जनाको माग भएकोमा जम्मा एक जनाले निवेदन दिनु र एक जनाको परिक्षा लिएर नियुक्ति दिनुले हाम्रो न्यायलय संचालन गर्ने न्यायधिसको अवस्था के हुने एउटा जिल्ला मात्र पठाउदा अरु खाली भएका जिल्लामा कसरी न्याय सम्पादन गर्ने ? हाम्रा पाठ्यक्रम र पाठ्यपुस्तक बनाउनेको दोष कि पढाउने शिक्षकको दोष ? कसको कारणले जिल्ला न्यायधिस बिहिन बन्दैछ ? यि सबैको एउटै कारण हो विसौ वर्ष पुरानो शिक्षा ऐन नियमावली, पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण विधी । शिक्षक अवकास हुने महिना सम्म पनि तालिम लिएकै देखिन्छ तर आधारभुत परिवर्तन निजी विद्यालयमा देख्न पाइन्छ तर सरकारी विद्यालय सरकारको काम कहिले जाला घाम भन्ने विचार पनि कम जिम्मेवार छैन ।
त्यसैले सवाल शिक्षा गुणस्तरमा पनि होइन, शिक्षामा मानविय मुल्य, सामाजिक उत्तरदायि, राष्ट्रप्रति वफादार र असल नागरिक बनाउने पनि शिक्षाको मर्म हो । जिवनमा कसरी कमाउने मात्र पनि होइन बरु कसरी जिवनलाई सुखी खुसी सँगै परिवार समाजमा सद्भाव कायम गर्ने भन्ने हो । कसरी बाच्न सकिन्छ ? मात्र होइन कसरी व्यक्ति परिवार समाज स्वास्थ्य र नैतिकवान र चरित्रवान बनाउन सकिन्छ भन्ने हो । कसरी पढ्ने मात्र होइन जिवनलाई सिर्जनशिल, उद्यमशिल र सिनर्जी योग्य बनाउने ? आजको शिक्षा खाँचोको विषय हो । विज्ञान र टेक्नोलोजी अर्थात प्राविधीकले मात्र जिवनलाई रोवोट बनाउछ जसमा मानविय संवेदनाहिन हुन्छ । जसले अनन्त विनाशमा टुङ्गीने कुरा निश्चित छ । मानिस शारिरीक रुपमा त विनाश भइ सकेको छ मानसिक रुपमा पनि सन्तुलन गुमाउने क्रममा छ । यसका लागि एकिकृत शिक्षाले यो अधुरो प्राविधिक शिक्षालाई सघाएकै छ । एक पटक आइष्टाइनलाई एउटा पत्रकारले सोधेको छ, यदी तेस्रो विश्वयुद्ध भयो भने कस्ता हतियार प्रयोग गरिएला ? आइष्टाइनको जवाफ थियो तेस्रो विश्वयुद्धको बारेमा त म एकिन रुपमा भन्न नसकेपनि चौथो विश्वयुद्ध भयो भने मान्छेहरु फेरी ढुङ्गाकै हतियारको सहारा लिएर लड्ने छन । किन कि तेस्रो विश्वयुद्धमा नै मानव सभ्यताको अन्त्य हुनेछ ।
(लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाको नियमित विचार लेखक हुन्।)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१