नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर स्थित नारायणी नदिमा पाैडी खेल्ने क्रममा डुबेर दुई बालककाे मृत्यु भएको छ।जिल्लाकाे गैँडाकाेट नगरपालिका -७, स्थित नारायणी नदिमा पाैडी खेल्ने क्रममा सुमन कुमालका छोराहरु १४ वर्षीय सबिन कुमाल र ९ वर्षीय संगम कुमालकाे डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पाैडेलले बताउनुभयो ।
नारायणी नदिमा पाैडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनिहरुलाई उद्वार गरि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । आज दिउँसो साथीहरूसँग पाैडी खेल्न गएका उनिहरु नारायणी नदिमा डुबेका थिए।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१