काठमाडौं । सरकारले देशभर ५०० वडा चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले चार्जिङ स्टेसन निर्माणलाई अभियानको रुपमा अघि बढाएर देशभर उक्त संख्यामा चार्जिङ स्टेसन बनाउने तयारी भइरहेको जानकारी दिएका हुन् । विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यले शुब्रबारदेखि काठमाडौंमा सुरु भएको ‘नेपाल ईभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’ मेला उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मुलुक क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको उनको भनाइ छ ।
देशभर पाँच सय वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरी विद्युतीय सवारीसाधनलाई थप प्रवर्द्धन गर्दै लगिने नीति लिएको उनले बताए ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेशन एकाधबाहेक अधिकांश सञ्चालनमा आइसकेका छन् ।
सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको उनको दाबी छ ।
ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ विद्युत विधेयक तयार गरेको र संघीय संसद्मा पेस हुने चरणमा रहेको उनले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१