आत्मघाती आक्रमण भएको र यसबारे प्रहरीले अनुसन्धान जारी राखेको उनले बताएका छन् । आक्रमणमा कसको संलग्नता छ भन्ने खुलेको छैन । खैबर पख्तुनख्वाको सिमाना अफगानिस्तानसँग जोडिएको छ । यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आक्रमणको निन्दा गरेका छन् ।
काठमाडौं । पाकिस्तानमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । एक सय जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार एक र्यालीमा बम विस्फोट भएको थियो । विस्फोटमा ४४ जनाको मृत्यु भएको र १०० जना घाइते भएको खैबर पख्तुनख्वा राज्यका स्वास्थ्य मन्त्री रिवाज अनवरले समाचार एजेन्सी एपीलाई जानकारी दिएका छन् ।
आत्मघाती आक्रमण भएको र यसबारे प्रहरीले अनुसन्धान जारी राखेको उनले बताएका छन् । आक्रमणमा कसको संलग्नता छ भन्ने खुलेको छैन । खैबर पख्तुनख्वाको सिमाना अफगानिस्तानसँग जोडिएको छ । यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आक्रमणको निन्दा गरेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१