पछाडिबाट आउने ठूलो गाडीले हान्ला भन्ने त्रासले साइडलाइट बालेर, हर्न बजाएर बस्छु, काफ्ले भन्छन्, देशकै मुख्य लाइफलाइन मानिने महेन्द्र राजमार्गको यस्तो दुर्दशा अन्यत्र संसारमै छैन होला । दाउन्नेमा होटल संचालक विष्णु गुरुङ भन्छन्, अन्यत्र सडकमा कहिलेकाहीं पानी हालेको देखिन्छ त्यो क्षेत्रमा पानी हालेको आजसम्म थाहा छैन । राजमार्गमा गुड्ने चारपांग्रे साधनका अघि-पछि पर्ने दुईपांग्रे र साना गाडीको बिजोग छ । त्यहाँ राजमार्गको पुरानो पिचसमेत भत्काएर फालेका कारण खाल्डैखाल्डा छ ।
मोटरसाइकल र स्कुटरका यात्रुले सडकमा आफू पनि छु भन्ने जानकारी दिन दिउँसै बत्ती बालेर हर्न बजाएर बस्छन्, गुरुङ भन्छन्, धूलोले सडक खाल्डा केही देखिन्न । दुर्घटनाको जोखिम उच्च छ । बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी सडक निर्माणको ठेकेदारलाई जति भने पनि सुनुवाइ नभएकाले आफू आजित भइसकेको बताए । उनले सडक निर्माणको अनुगमन गर्ने सडक विभागका अधिकारीहरु के हेरेर बस्छन् ? भन्ने प्रश्न गरे । सडक निर्माणको जिम्मा चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले लिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१