३१ वैशाख, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतम विकास निर्माणका विभिन्न माग राख्दै आमरण अनशनमा बसेका छन् ।बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित गौतमले जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर आमरण अनशन सुरु गरेका हुन् ।उनले विभिन्न १५ बुँदे मागहरूको सूचि अनसनस्थलमा राखेका छन् । सूचीको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल निर्माणको काम सुरु गर्नुपर्ने माग उल्लेख गरेका छन् ।
सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल बनेर उदघाटन नहुँदै २०७४ साउन अन्तिम साता भत्किएको थियो । यो पुल पप्पु कन्स्ट्रक्सनले बनाएको थियो ।सांसद गौतमले जिल्ला सदरमुकाम डुबान र कटानको कारण जोखिममा रहेको भन्दै तटबन्धनका काम गर्नुपर्ने, सिँचाइ आयोजनाहरुमा बजेट सुनिश्चित हुनुपर्ने लगायतका माग पनि राखेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१