काठमाडौं, वैशाख २३-
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेटवार्ता सकिएको छन् । एमालेका सचिव टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि तीन दिनमा ओलीले सिंहदरबार पुगेर प्रचण्ड आज दोस्रोपटक भेटेका हुन् ।आजको भेटपछि ओलीलाई पत्रकारहरूले विभिन्न प्रश्न गरेका छन् । पत्रकारले उनलाई, ‘अस्ति पूर्व मन्त्री, उपप्रधानमन्त्री भइसक्या मान्छे हराउँछन् र ? भन्नुभएको थियो ।
तर, आज त टोपबहादुर रायमाझी हराउनुभयो । कहाँ हुनुहुन्छ उहाँ ? भनेर सोधेका थिए जसमा ओलीले तपाईँहरूले खोज्नुस् न भन्ने जवाफ दिए । त्यस्तै ‘तपाईँको त सम्पर्कमा हुनुहुन्छ होला नि ? भन्ने दोस्रो प्रश्नमा ओलीले आफ्नो सम्पर्कमा नरहेको बताए ।‘तपाईँ अभियुक्तलाई जोगाउन लागिरहनुभएको हल्ला छ, के भन्नुहुन्छ ? भन्दा ओलीले प्रतिप्रश्न गर्दै भने, ‘तपाईंहरुलाई विश्वास लाग्यो ?’ उनले थपे, ‘केही यस्ता मान्छे छन्, जो एमालेलाई रुचाउँदैनन् । उनीहरूले हल्ला फैलाएका हुन् ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१