काठमाडौं । साताको चौथो कारोबारका दिन नेप्से ओरालो लगेको छ । बुधबार नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२ विन्दुमा कायम भएको छ । अघिल्लो दिन मंगलबारमात्रै १७.३६ अंकले बढेको बजारमा आज २५ लाख ७१ हजार २०२ कित्ता शेयरको खरिदबिक्री हुँदा ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको कारोबार भएको छ । कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, कुमारी इक्युटी फण्ड, एनआईसी एसिया सिल्याक्ट फण्ड ३० र उपकार लघुवित्त वित्तीय संस्था रहेका छन् ।
सर्वाधिक घाटामा भने सनराइज् ब्लुचिप फण्ड, तारागाउँ रिजेन्सी होटल, मानुसी लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन् । त्यस्तै शिवम सिमेन्टस् ७ करोड १ लाख ६० हजार ४५७ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । आज उपसमूहतर्फ रहेका १३ वटै समूहको शेयर मूल्य घटेको छ । बुधबार बजार पूँजीकरण भने २७ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१