![](https://www.namunapost.com/wp-content/uploads/2025/01/6a3432a8-6d8f-43c0-a76d-23347719ad52.jpeg)
काठमाडौँ । नेपाली यू–१९ क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । बिहीबार भएको खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो । नेपालले जितको लागि दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अल आउट भयो । नेपालका बलर दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपाललाई जित दिलाएका हुन् । युएईका इथान डी सोल्झाले सर्वाधिक ५० रन बनाए । त्यस्तै अर्यान्श शर्मा ३२ रन बनाए ।
नेपालका लागि दिपेश कँडेलले पाँच विकेट लिँदा सुवास भण्डारी र हेमन्त धामीले दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनाएको थियो । नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीय पारी खेले । देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरे । नेपालका लागि दिपेश कँडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरे । बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिए । त्यस्तै हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१