कावासोती । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भातृ संगठन युवा संघ नेपाल नवलपुरको अध्यक्षमा सुन्दरजंग कुँवर चयन भएका छन् । आइतवार जिल्ला पार्टी कार्यालय कावासोतीमा सम्पन्न बैठक एवम् जिल्ला कमिटी पुनर्गठन कार्यक्रमबाट कुँवरको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । जिल्ला कमिटिको उपाध्यक्षमा लक्ष्मण पाण्डे र अर्जुन बि. क., सचिवमा ऋषि डुम्रे, उपसचिवमा भिम बस्नेत र कोषाध्यक्षमा समिक्षा मर्दनिया चयन भएका निवर्तमान अध्यक्ष रामु पौडेलले जानकारी दिए । बैठक तथा पुर्नगठन भेलाको अध्यक्षता युवा संघ नवलपुर जिल्ला अध्यक्ष रामु पौडेलले गरेका थिए भने नेकपा एकीकृत समाजवादी केन्द्रिय अनुशासन आयोगका सदस्य धनन्जय शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा युवा संघ नेपालका स्थायी कमिटी सदस्य एवं जिल्ला ईन्चार्ज प्रेमनारायण पाण्डे, युवा संघ नेपाल सचिवालय सदस्य तथा सह ईन्चार्ज प्रेम भट्ट र अनेरास्ववियू केन्द्रिय कमिटिका सचिव ठाकुर पराजुलीले नयाँ जिल्ला कमिटिलाई सफलताको शुभकामना दिएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१