कावासोती । ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि नवलपुरको बुलिङटार गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरि थालिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारिले बताए । अहिले पालिकाको प्रशासकीय केन्द्र बुलिङटारमा बैंक रहेको कारण टाढाको वडाबाट आउन जान समस्या भएपछि वडाबाटै भत्ता वितरणको काम गरिएको अध्यक्ष सुनारिले जानकारी दिए ।
बैंकमा भत्ता लिन आउँदा र जाँदा भाडामानै धेरै रकम खर्च हुने भएपछि गाउँ घरकै वडा कार्यालयबाट भत्ता वितरणको काम सुरु गरी सेवा प्रवाहमा सहजता ल्याइएको अध्यक्ष सुनारिले जानकारी दिए । गाउँपालिकामा ६ वडा छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१