पोखरा ।एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्री दाबी पेस गरेका छन् । सत्तारुढ गठबन्धनको आइतबार बसेका बैठकले अधिकारीलाई मुख्यमन्त्री बनाउने सहमति जुटेसँगै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष दाबी पेस गरेका हुन् । कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका अधिकारी स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसकेका छन् । प्रदेश प्रमुख गुरुङले पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्छ । अघिकारी ३३ सांसदको समर्थन लिएर दाबी पेस गर्न गरेका हुन् ।
गण्डकीमा एमालेसँग २२, माओवादीको ८ सिट छ । केन्द्रीय गठबन्धनका सामेल भएको राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाको गण्डकीमा २ सिट छ । अधिकारीलाई एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङेले पनि समर्थन गरेपनि ३३ सांसदका समर्थन पाएका हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१